Job Vacancy at Infinity Laghubitta Bittiya Sanstha Ltd.

Job Vacancy at infinity Laghubitta Bittiya Sanstha Ltd , job search, career, recruitment, job bank, vacancy, job vacancies, bank job, Infinity

Infinity Laghubitta Bittiya Sanstha Ltd. Announces Job Vacancy For 2080

Infinity Laghubitta Bittiya Sanstha Ltd.कर्मचारी आवश्यकता

(प्रकाशित मिति : २०८०/०४/१८ गते)

    गैंडाकोट नगरपालिका वडा नं. २, कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले स्थापना भएको छोटो समयमै नेपालका ४७ जिल्लामा ९१ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । केन्द्रीय कार्यालयका लागि मेहनती, इमान्दार, अनुशासित र अनुभवी कर्मचारीहरुको आवश्यकता भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपसिल बमोजिमका पदहरुको लागि सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. १/०८०/०८१ पद : नायव प्रमुख कार्यकारी अधिकृत श्रेणी: व्यवस्थापकीय संख्या : १ (एक) 

न्यूनतम शैक्षिक योग्यता :

 नायव प्रमुख कार्यकारी अधिकृतको लागि कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय स्तरमा कम्तिमा ५ वर्षको अनुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ । 

विज्ञापन नं. २/०८०/०८१ पद : वरिष्ठ अधिकृत (कानुन) श्रेणी: अधिकृत     संख्या : १ (एक) 

न्यूनतम शैक्षिक योग्यता : 

वरिष्ठ अधिकृत पदको लागि कम्तिमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ बर्ष काम गरेको वा कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा १ बर्ष काम गरेको वा वरिष्ठ अधिकृत पदका लागि चार्टड एकाउन्टेन्ट्स (सिए) पास गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ बर्ष काम गरेको अथवा कानुन विषयमा स्नातक उत्तीर्ण गरी अधिवक्ताको प्रमाणपत्र लिएको हुनु पर्नेछ । कानुनी परामर्श सम्बन्धी कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

विज्ञापन नं. ३/०८०/०८१ पद : कनिष्ठ अधिकृत श्रेणी अधिकृत:     संख्या : २ (दुई)

न्यूनतम शैक्षिक योग्यता : 

कनिष्ठ अधिकृतको लागि कम्तिमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष काम गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा २ वर्ष काम गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेको हुनु पर्नेछ वा सेमि क्वालिफाइड सिए वा स्नातक तह वा सो सरहको परीक्षा | उत्तीर्ण गरी लेखापरीक्षण फर्ममा काम गरेको वा संघ संस्थामा काम गरेको अनुभव हुनु पर्नेछ । कनिष्ठ अधिकृतलाई निजको योग्यता र अनुभवको आधारमा विभिन्न कार्यालयमा रही काम गर्नु पर्नेछ । आन्तरीक लेखापरीक्षण, र लेखा विभागमा रही कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

विज्ञापन नं. ४/०८०/०८१ पद : व्यवस्थापन प्रशिक्षार्थी श्रेणी: अधिकृत    संख्या : २ (दुई) 

न्यूनतम शैक्षिक योग्यता : 

व्यवस्थापन प्रशिक्षार्थीको लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।

उमेरको हद : 

व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पुरा भई ५५ वर्ष ( दरखास्त दिने अन्तिम मिति ) ननाघेको हुनुपर्नेछ, अधिकृत श्रेणीको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । (महिलाको हकमा उमेरको हदमा पाँच वर्ष थप हुनेछ)

कामको प्रकृति : 

वित्तीय संस्थाको समग्र व्यवसाय विस्तार, प्रशासनिक कार्य, संस्थागत सुशासन, कर्मचारी व्यवस्थापन नीति निर्माण र त्यसको कार्यन्वयन गर्ने गराउने हुनेछ । वरिष्ठ अधिकृतले केन्द्रीय कार्यालयमा रही कानुनी परामर्श सम्बन्धी कार्य गर्नु पर्नेछ र व्यवस्थापन प्रशिक्षार्थीले केन्द्रीय कार्यालयको कुनैपनि विभागमा रही कार्य गर्नुपर्नेछ । वित्तीय संस्थाको नियमानुसार परीक्षणकाल सहितको स्थायी नियुक्ति दिइनेछ । 

परिक्षाको किसिम : 

नायव प्रमुख कार्यकारी अधिकृतको व्यवसायिक योजना प्रस्तुतीकरण र मौखिक अर्न्तवार्ता, वरिष्ठ अधिकृत, अधिकृत र व्यवस्थापन प्रशिक्षार्थीहरुको मौखिक अर्न्तवार्ता परीक्षा हुनेछ ।

परिक्षा दस्तुर : 

व्यवस्थापकीय श्रेणीको लागि रु १,०००/- अधिकृत श्रेणीको लागि रु ५००/- उक्त रकम इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. ( Infinity Laghubitta Bittiya Sanstha Ltd.) को नाममा रहेको ग्लोबल आइएमइ बैंक लि. (Global IME Bank Ltd.) गैडाकोटको खाता नं. १४७०१०१००००१०९, अथवा संस्थाको Esewa ID 9863048882 वा EsewaQR मार्फत रकम जम्मा गरी भौचरमा नाम लेखी अपलोड गर्नु पर्नेछ, साथै अन्तवार्तामा सहभागी हुदाँ उक्त भौचर सहित उपस्थित हुनु पर्नेछ ।
Sewa

तलव, भत्ता तथा अन्य सुविधाहरु : 

वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

आवेदन पठाउने ठेगाना : 

यस वित्तीय संस्थाको वेभसाइट www.infinitylbsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिन सकिनेछ । दरखास्त आवेदन सगै आफ्नो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ । रितपुर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानविन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तवार्ताको लागि सम्पर्क गरिनेछ । अन्य जानकारी संस्थाको वेभसाइट www.infinitylbsl.com.np बाट प्राप्त गर्न सकिनेछ ।

Official Notice:
Infinity Laghubitta Bittiya Sanstha Ltd. Vacancy 2080




BEST OF LUCK





إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.