छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदको विज्ञापन

Job Vacancy at Chhimek Laghubitta Bittiya Sanstha Ltd.,छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड,career, recruitment, job bank, vacancy, job vacancies

 कर्मचारी आवश्यकता

Chhimek Laghubitta Bittiya Sanstha Ltd.
(प्रथम पटक सूचना प्रकाशित मिति : २०८०/०४/०३)

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लागी देहाय बमोजिमको पदमा खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुबाट मिति २०८०/०४/१९ गते भित्र यस वित्तीय संस्थाको तल उल्लेखित ठेगानामा आइपुग्ने गरि दरखास्त आव्हान गरिएको छ । दरखास्त फारमका साथ दरखास्तवालाको वायोडाटा, पासपोर्ट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यता, नागरिकता, तालिम तथा अनुभवहरुको प्रमाणपत्रको प्रतिलिपीका साथ सम्पर्क फोन नं. उल्लेख गरि पेश गर्नुपर्नेछ । प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्तर्वार्ता परीक्षामा समावेश गरिने छ । प्राप्त दरखास्तहरु कारण खोलि वा नखोलि स्वीकृत / अस्वीकृत गर्ने वा विज्ञापन रद्द गर्ने सम्मको अधिकार यस वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

Job Vacancy at Chhimek Laghubitta Bittiya Sanstha Ltd.

सहायक चतुर्थ तहको लागी आवेदन दिनेको हकमा अन्य आवश्यक कुराहरु :

क) उमेर :

१८ वर्ष पूरा भई २५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा अधिकतम उमेरमा ५ वर्ष थप हुनेछ । 

(ख) छनौट प्रकृया : 

लिखित र अन्तर्वार्ता । 

(ग) दरखास्त फाराम पाउने तथा बुझाउने स्थान : 

आवेदन फाराम संस्थाको तोकीएको शाखा कार्यालयहरुबाट वा यस वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org बाट download गरी प्राप्त गर्न सकिनेछ । पूर्णरुपमा भरेको आवेदन फाराम, परीक्षा दस्तुर बापतको रकम जम्मा गरेको भौचर, लगायत अन्य आवश्यक सम्पूर्ण कागजातको साथ दरखास्त फाराम यस वित्तीय संस्थाको निम्न शाखा कार्यालयहरुमा बुझाउनु पर्नेछ : 
  • विर्तामोड शाखा (झापा) सम्पर्क नं. ०२३-५३४१०१ 
  • इटहरी क शाखा (सुनसरी) सम्पर्क नं. ०२५-५८४७३९ 
  • जीतपुर क शाखा (बारा) सम्पर्क नं. ०५३-५२०६५५ 
  • भरतपुर शाखा (चितवन) सम्पर्क नं. ०५६-५९४९०४ 
  • पोखरा शाखा (कास्की) सम्पर्क नं. ०६१-५७१४६८ 
  • बुटवल शाखा (रुपन्देही) सम्पर्क नं. ०७१-५३३४२६ 
  • कोहलपुर ख शाखा (बाँके) सम्पर्क नं. ०८१-५४१३३७ 
  • सुर्खेत शाखा (सुर्खेत) सम्पर्क नं. ०८३-५२५३६९ 
  • गेटा शाखा (कैलाली) सम्पर्क नं. ०९१-५५१२६६ 
अमरगढी शाखा (डडेलधुरा) सम्पर्क नं. ०९६-४२०२६८ 

(घ) सेवा सुविधा : 

वित्तीय संस्थाको नियमानुसार । 

(ङ) दरखास्त दिन पाउने अन्तिम मिति : 

२०८०/०४/१९ गते कार्यालय समय भित्र । 

(च) परीक्षा दस्तुर : 

रु. ५००।- (अक्षरेपी पाँच सय रुपैयाँ मात्र ।) 

(छ) परीक्षाको मिति, समय र स्थान : 

वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org बाट जानकारी दिईनेछ । 

(ज) नियुक्ती प्रकृया : 

लिखित तथा अन्तर्वार्ता परीक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई कम्तीमा ६ महिनाको विषयगत तथा वस्तुगत तालिममा समावेश गराईनेछ । ६ महिनाको तालिम पश्चात पुनः परीक्षा लिई उतिर्ण भएका उम्मेदवारहरुलाई वित्तीय संस्थाको नियमानुसार १ वर्ष अवधिको लागी परिक्षणकालको नियुक्ती दिईनेछ । काम सन्तोषजनक भएमा त्यस पश्चात स्थायी नियुक्ती दिईनेछ ।

अधिकृत सातौं तथा अधिकृत नवौं तहको लागी आवेदन दिनेको हकमा अन्य आवश्यक कुराहरु :

(क) उमेर : 

२१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । महिला उम्मेदवारको हकमा अधिकतम उमेरमा ५ वर्ष थप हुनेछ । 

(ख) छनौट प्रकृया : 

लिखित तथा अन्तर्वार्ता । 

(ग) दरखास्त फाराम पाउने तथा बुझाउने स्थान :

आवेदन फाराम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा यस वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org बाट download गरी प्राप्त गर्न सकिनेछ । # पूर्णरुपमा भरेको आवेदन फाराम, परीक्षा दस्तुर बापतको रकम बैंकमा जम्मा गरेको भौचर (Connect IPS मार्फत जम्मा गरेको भए Payment Transaction Details), लगायत अन्य आवश्यक सम्पूर्ण कागजातको स्क्यान कपि संलग्न गरी तोकिएको समय भित्र यस वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org/career मार्फत अनलाईन आवेदन दिनु पर्नेछ । साथै दरखास्त फाराम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा समेत बुझाउन सकिनेछ । 

(घ) सेवा सुविधा : 

वित्तीय संस्थाको नियमानुसार । 

(ङ) दरखास्त दिन पाउने अन्तिम मिति : 

२०८० / ०४ / १९ गते कार्यालय समय भित्र । 

(च) परीक्षा दस्तुर : 

रु.५००।- (अक्षरेपी पाँच सय रुपैयाँ मात्र ।) 

(छ) परीक्षा दस्तुर जम्मा गर्ने बैंक तथा खाता नं. :

खातावालाको नाम : छिमेक लघुवित्त वित्तीय संस्था लि.
खाता नं. : ०७८००७६५७६७०००३१
खाता रहेको बैंक : प्रभु बैंक लि., नयाँ बानेश्वर शाखा 

(ज) लिखित तथा अन्तर्वार्ता परीक्षाको मिति, समय र स्थान : 

वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org बाट जानकारी दिईनेछ । 

(झ) नियुक्ती प्रकृया : 

लिखित तथा अन्तर्वार्ता परीक्षामा उतिर्ण भएका उम्मेदवारहरुलाई वित्तीय संस्थाको नियमानुसार १ वर्ष अवधिको लागी परिक्षणकालको नियुक्ती दिईनेछ । काम सन्तोषजनक भएमा त्यस पश्चात स्थायी नियुक्ती दिईनेछ ।

अन्य जानकारी :

  • माथि उल्लेखित विज्ञापनहरु मध्ये कुनै एउटामा मात्र आवेदन दिन पाईनेछ ।
  • विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ ।
  • प्रारम्भिक छनौटमा परेका आवेदकहरुको जानकारी यस वित्तीय संस्थाको वेभसाइट www.chhimekbank.org बाट लिन सकिनेछ । 
  • रितपुर्वक प्राप्त नभएका आवेदनहरु स्वतः रद्द हुनेछन् ।

OFFICIAL NOTICE:
Job Vacancy at Chhimek Laghubitta Bittiya Sanstha Ltd.




BEST OF LUCK



إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.