Job Vacancy At CYC NEPAL LAGHUBITTA BITTIYA SANSTHA LTD.

cyc vacancy 2080, vacancy 2080, vacancy nepal, laghubitta vacancy

 कर्मचारी आवश्यकता

(प्रथम पटक प्रकाशित मितिः २०८० आषाढ ३१ गते)

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. पोखराका लागि तपशिल बमोजिमका पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य उम्मेदवारहरुबाट विज्ञापन प्रकाशित भएको मितिले २१ दिन भित्रमा तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।

CYC LAGHUBITTA VACANCY

(क) उमेर हद:

व्यवस्थापकीय श्रेणीका लागि आवेदन दिने मितिसम्म २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, अधिकत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर व्यवस्थापकिय श्रेणी बाहेकका पदमा महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप हुनेछ ।

(ख) छनौट प्रक्रिया:

छनौट सुचीमा परेका आवेदकहरु मध्ये व्यवस्थापकीय श्रेणीको पदपूर्ति कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको माध्यमबाट गरिने छ भने अधिकत र सहायक श्रेणीको पदपूर्ति लिखित तथा अन्तर्वार्ता परीक्षाका माध्यमबाट गरिनेछ । विज्ञापन न. ३५ अर्न्तगत छनौट भएका उम्मेदवारहरुलाई ६ महिना प्रशिक्षण र प्रशिक्षणमा सफल उम्मेदवारहरुलाई मात्र परीक्षणकालमा नियुक्ती गरिनेछ । परीक्षणकालमा नियुक्त कर्मचारीहरुको कार्यसम्पादन सन्तोषजनक भएमा मात्र स्थायी नियुक्ती दिईने छ ।

(ग) परीक्षा दस्तुरः

 व्यवस्थापकीय श्रेणीका लागि रु.२,०००/-, अधिकत श्रेणीका लागि रु.१,०००/- र सहायक श्रेणीका लागि रु.५००/-, आवेदकहरुले यस सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. को नाममा रहेको राष्ट्रिय वाणिज्य बैक लि., बागलुङको खाता नं ३३७०१०००००८३४००१ मा रकम जम्मा गरी, भौचर अनिवार्य आवेदन सहित पठाउनु पर्नेछ ।

(घ) निवेदन पठाउँदाः

सम्बन्धित आवेदकको हस्तलिखित निवेदन, आफूले काम गर्न चाहेको पद, उमेर, कार्य अनुभव, हालसालै खिचेको पासपोर्ट साईजको फोटो, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफूलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्तिको नाम, सम्पर्क नं. लगाएतका विवरणहरु उल्लेख गरिएको Bio-Data, निवेदन, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभव प्रमाणित हुने प्रतिलिपी PDF फरम्याटमा एउटै फाईल बनाई संलग्न गर्नुपर्नेछ ।

(ङ) काम गर्नुपर्ने कार्यालय:

 छनौट भएका उम्मेदवारहरुले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रहि काम गर्नुपर्नेछ । शाखा कार्यालयमा काम गर्ने कर्मचारीहरुको हकमा नियुक्ति दिँदा संस्थाले आवेदकको घर ठेगाना भएको प्रदेशलाई पहिलो प्राथमिकता दिनेछ ।

च) प्राथमिकताः

 कम्प्यूटर सम्बन्धी ज्ञान भएका व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएका, प्रदेश नं १,२,६ र ७ का आवेदकहरुलाई विशेष प्राथमिकता दिईनेछ ।

(छ) तलब भत्ता तथा अन्य सुविधाहरुः

वित्तीय संस्थाको नियमानुसार हुनेछ ।

(ज) योग्यता सम्बन्धमा थप प्रष्टयाई:

मानविकी तथा शिक्षा संकाय (आर्टस र एजुकेशन) अध्ययन गरेका उम्मेदवारहरुले अर्थशास्त्र विषय अनिवार्य अध्ययन गरेको हुनुपर्नेछ ।

(झ) आवेदन दिनका लागि:

नोट:

रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारहरुलाई मात्र लिखित, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सम्पर्क गरिने छ । आवेदकहरुको सुविधा लाई दष्टिगत गरी आवेदन संख्याको आधारमा यस वित्तीय संस्थाका प्रदेशस्तरका कार्यालयहरुवाट कर्मचारी छनौट प्रकया सञ्चालन गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा अन्तिम निर्णय संस्थामा अन्तरनिहित रहनेछ ।




Posted Date:  

July 16, 2023

Application Deadline:  

August 5, 2023

cyc vacancy 2080

cyc vacancy 2080

BEST OF LUCK


Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.