Job Vacancy at Global IME Laghubitta Bittiya Sanstha Ltd

Global IME Laghubitta Bittiya Sanstha Ltd Vacancy 2080, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.,job search, career, recruitment, job bank, vacancy,

 Global IME Laghubitta Bittiya Sanstha Ltd  Announces Job Vacancy For 2080

Global IME Laghubitta Bittiya Sanstha Ltd

कर्मचारी आवश्यकता

(प्रथम पटक प्रकाशित : २०८०/०५/०१ )
                                नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी) को ग्रामीण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्रमा यस वित्तीय संस्थाको website:www.gilb.com.np को Vacancy अर्न्तगत Online apply मा गई आवेदन दिन सकिने छ । छनौट सूचीमा परेका उम्मेद्वारहरुलाई टेलिफोन, एसएमएस वा इमेल मार्फत जानकारी गराईनेछ ।
तपसिल:

१. ०१/२०८०/८१ (खुल्ला) विभागीय प्रमुख( सूचना प्रविधि विभाग)

श्रेणी: 

व्यवस्थापकीय / अधिकृत

संख्या:

१ जना

वाञ्छनीय / शैक्षिक योग्यता:

  • मान्यता प्राप्त विश्वविद्यालयबाट Computer Engineering / Computer Science / IT/ MIS विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको साथै स्नातकोत्तर तह उत्तीर्ण गरकोलाई बिशेष प्राथमिकता दिईनेछ ।
  • (आई.टि. कम्पनी वा बैंक तथा वित्तीय क्षेत्रमा आई.टि सम्बन्धी कम्तीमा ३ वर्ष कार्य गरेको Troubleshooting with hardware, software, networking (Switch, Firewall, SAN/NAS) Database, SQL Infrastructure Handling, Core Banking | System, Linux / windows Administration आदिको कार्य अनुभव भएको ।

२. ०२/२०८०/८१ (खुल्ला) अनुगमन अधिकृत / आन्तरिक लेखापरीक्षक

श्रेणी: 

अधिकृत

संख्या:

केहि

वाञ्छनीय / शैक्षिक योग्यता:

केही अनुगमन अधिकृत : मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भई लघुवित्त क्षेत्रमा शाखा प्रमुखको रुपमा कार्यरत रही कम्तीमा ३ वर्षको कार्यानुभव भएको वा प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण भई लघुवित्त क्षेत्रमा शाखा प्रमुखको रुपमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको साथै अनुगमनको कार्य गरेकोलाई प्राथमिकता दिईने छ।

आन्तरिक लेखापरीक्षक : मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक वा सो सरह परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव भएको वा Semi Qualified Chartered Accountancy उत्तीर्ण भई Audit Firm मा कम्तीमा १ वर्षको कार्यानुभव भएको ।


३. ०३/ २०८०/८१ (खुल्ला) शाखा प्रमुख 

श्रेणी: 

अधिकृत /सहायक

संख्या:

केहि

वाञ्छनीय / शैक्षिक योग्यता:

अधिकृत श्रेणी : मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातक वा सो सरह परीक्षा उत्तीर्ण भई लघुवित्त क्षेत्रमा सुपरभाईजर वा वरिष्ठ सहायक पदमा रही कम्तीमा २ वर्षको कार्यानुभव भएको । 

सहायक श्रेणी (सुपरभाइजर / व. सहायक ): मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको । (शाखा प्रमुख भई कार्य गरकोलाई प्राथमिकता दिइनेछ ।)

४. ०४/ २०८०/८१ खुल्ला सहायक / कनिष्ठ सहायक / व्यवस्थापन प्रशिक्षार्थी / प्रशिक्षार्थी सहायक

श्रेणी: 

सहायक

संख्या:

केहि

वाञ्छनीय / शैक्षिक योग्यता

केही सहायक : प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको ।

कनिष्ठ सहायक : कम्तिमा SEE मा जिपिए डि प्लस वा सो सरह परीक्षा उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष कार्यानुभव भएको ।

व्यवस्थापन प्रशिक्षार्थी : व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण भएको । 

प्रशिक्षार्थी सहायक : कम्तीमा SEE मा जिपिए डि प्लस वा सो सरह उत्तीर्ण भएको ।





उमेर : व्यवस्थापकिय श्रेणी : २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत श्रेणी : २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणी: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ) । यस वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेरको हद लाग्ने छैन ।

परिक्षाको किसिम :प्रशिक्षार्थी सहायकको हकमा लिखित तथा अन्तरर्वार्ता दुवै हुनेछ र अन्यको हकमा अन्तरर्वार्ता मात्र हुनेछ ।

अन्य : दुई पाङग्रे सवारी साधनको चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।




नोट : कर्मचारी आवश्यकताको विज्ञापन आंशिक वा पूर्ण रुपमा रद्ध गर्ने अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।



Official Notice:
Global IME Laghubitta Bittiya Sanstha Ltd Vacancy 2080




BEST OF LUCK

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.