रेडियो नेपालमा बिभिन्न पदको बिज्ञापन

रेडियो नेपालमा बिभिन्न पदको बिज्ञापन,vacancy, radio nepal vacancy

 खुला प्रतियोगितात्मक परीक्षाको आवेदन फाराम भर्ने सूचना



यस समितिमा रिक्त रहेका विभिन्न तह र पदमा श्री लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले ५१/०७९/८० आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका तथा कुनै बात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र Online दरखास्त फाराम आह्वान गरिएको छ । Online दरखास्त फाराम रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को Website: www.radionepal.gov.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।

समितिले तोकेको Online दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा स्क्यान गरी संलग्न गर्नुपर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत उम्मेदवारहरूले विभागीय स्वीकृति समेत अनिवार्य रूपमा स्क्यान गरी संलग्न गर्नुपर्नेछ। रीत नपुगेको, तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको र तोकिएको परीक्षा दस्तुर नबुझाएका Online दरखास्त उपर कुनै कारबाही हुनेछैन। झुटा विवरण उल्लेख गरी Online दरखास्त फाराम भरेमा सोको जवाफदेही दरखास्तवाला स्वयं हुनुपर्नेछ ।

परीक्षा दस्तुर समेत Online मार्फत उपलब्ध गराइएका माध्यम e-Sewa वा Connect IPS बाट बुझाउनुपर्नेछ । परीक्षा दस्तुर नगदमा बुझ्ने व्यवस्था नरहेको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।


उल्लिखित पदहरूका लागि :

  • दरखास्त फाराम दरखास्त फाराम अनलाइन मार्फत भर्न सकिनेछ ।
  • दरखास्त दस्तुर तह ९ का लागि १२००/-, तह ८ का लागि ११००/-, तह ७ का लागि १०००, तह ६ का लागि ९००/-, तह ५ का लागि ५००।- र तह : ४ का लागि ४००/- Online मार्फत उपलब्ध गराइएका माध्यम e-Sewa वा Connect IPS बाट बुझाउनुपर्नेछ। एक उम्मेदवारले एउटै पदको एकभन्दा बढी समूहमा सहभागी हुने भएमा प्रत्येक समूहका लागि थप २००/- दस्तुर लाग्नेछ ।
  • उमेर : दरखास्त दिने अन्तिम मिति सम्ममा देहाय बमोजिमको उमेर पुगेको हुनुपर्नेछ सहायक स्तरको पदमा १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको, अधिकृत स्तरको छैटौं र सातौं तहको पदमा २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको, आठौं र नवौं तहको पदमा ४० वर्ष ननाघेको, महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको र अपाङ्गता भएका व्यक्तिहरूबीच प्रतिस्पर्धा गर्न पाउने उम्मेदवारको हकमा ४० वर्ष ननाघेको ।
  •  रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा सर्त नियमावली, २०७७ बमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ ।
  • अधिकृत स्तर आठौं र नवौं तहको पदमा खुला प्रतियोगिताका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीण गरी सङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय तहको सेवा वा विश्वविद्यालय, शिक्षक सेवा वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्नेछ ।
  • तर विद्यावारिधि उपाधि हासिल गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ ।
  • परीक्षाको किसिम : लिखित, प्रयोगात्मक (प्रयोगात्मक परीक्षा हुने भनी उल्लेख भएका पदहरूका लागि मात्र) र अन्तर्वार्ता ।

निम्न लिखित कागजातहरूको प्रतिलिपिमा उम्मेदवार स्वयंले प्रमाणित गरी दरखास्त साथ अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ :

(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, (न्यूनतम शैक्षिक योग्यताको मात्र) चारित्रिक प्रमाणपत्र वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि । 
(ग) विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरूको हकमा समकक्षताको प्रतिलिपि ।


*Online दरखास्त फाराम भर्ने मिति Online दरखास्त फाराम सुरु हुने मिति : २०८०/०३/२९ गतेदेखि २१ दिन (अर्थात् मिति २०८०/०४/१८ गते) भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन (अर्थात् मिति २०६०।०४।२५ गते ) सम्म ।


*परीक्षण कालको अवधि १ वर्ष तर महिलाको हकमा ६ महिना मात्र ।


*दरखास्त दिने अन्तिम मितिमा सार्वजनिक बिदा पर्न गएमा सार्वजनिक बिदा पछिको कार्यालय खुलेको दिन दरखास्त दिने अन्तिम मिति मानिनेछ । उल्लिखित पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ ।


*विज्ञापन रद्द भएको अवस्थामा बाहेक परीक्षा दस्तुर फिर्ता हुनेछैन ।



*Online दरखास्त फाराम रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को Website: www.radionepal.gov.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।






BEST OF LUCK



Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.